आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

चेम्बरले भेट्यो वीरगञ्जका व्यवसायी, व्यवसायीका हक हितका लागि एक भएर अगाडी बढ्ने

सोमबार, ०७ चैत २०७८, १८ : २४
सोमबार, ०७ चैत २०७८

नेपाल चेम्बर अफ कमर्श र वीरगञ्ज उद्योग वाणिज्यसंघले देशको वर्तमान आर्थिक स्थितीको विषयमा छलफल गरेका छन् । तरलता अभावले अर्थतन्त्रमा देखिएको शिथिलता र ब्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा आएको ह्रासको विषयमा छलफल गरेका हुन् ।

यसक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले तरलता अभावका कारणले लगानीको वातावरणमा ह्रास आउँदा समस्त निजी क्षेत्र साझा अवधारणा लिएर अगाडी बढ्नुपर्ने बताए । उनले कृषिलाई निजी क्षेत्रले उद्यमकोरूपमा प्राथमिकतामा राख्नुपर्ने समेत बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघ पनि नेपाल चेम्बर अफ कमर्स जस्तै पुरानो संस्था भएको बताउँदै व्यवसायीका हक हितका बिषयमा ऐक्यबद्धता रहेको  अध्यक्ष मल्लले बताए । विरगञ्ज प्रमुख औद्योगिक नगर भएकाले निर्यात गृहको अवधारणामा निर्यात प्रवद्र्धनको लागि अग्रसर हुनु पर्ने समेत मल्लले बताए ।

कार्यक्रममा वीरगञज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ताले व्यवसायीहरु जुनसुकै क्षेत्रका भएता पनि हाम्रा चुनौतिहरु साझा रहेको बताए । अध्यक्ष गुप्ताले सामाजिक सुरक्षा र श्रम नीतिले व्यवसायीहरु मारमा परेका छन् ।

भेहिकल ट्र्याकिङ सिस्टम (भीसीटीएस) प्रभावकारीरूपमा कार्यान्वयन हुन नसकेको र यसले साना व्यवसायी मारमा परेको गुप्ताको भनाइ छ । नेपालको पारवहनको लागि भारतका सवै बन्दरगाहहरूबाट नेपालमा माल सामान ल्याउन खुला हुन आवश्यक रहेको समेत उनले बताए । ‘पर्यटन क्षेत्रमा भारतीय पर्यटकको ठुलो योगदान छ तर भारतीय पर्यटकहरु नेपाल आगमनमा वृद्धि गर्न भारु २५ हजार मात्र बोक्न पाउने, भारतीय ठुला नोटहरु नचल्ने, डेविट क्रेडिट कार्ड भर पर्दो नरहेको  कारणले असहज छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप