ताप्लेजुङको सिनाम उच्च माविको नव निर्मित भवन उद्घाटन
भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङको सिनाममा सिनाम उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
एमालेका सचिव प्रतिनिधिसभा सदस्य योगेश भट्टराई भारतीय राजदूतावासका प्रथम सचिव रोहित मिश्रा, संविधानसभा सदस्य भुपेन्द्र थेवेले संयुक्त रुपमा उद्घाटन गरिएको छ । ‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको अनुदान सहयोगमा कुल तीन करोड १० लाख रुपियाँको लागतमा दुई तले भवन निर्माण भएको भारतीय दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये ताप्लेजुङका दुई गरी प्रदेश १ मा ७८ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले ताप्लेजुङ जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाई हालसम्म ७ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण