बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी

सोमबार, ०७ चैत २०७८, १९ : ३२
सोमबार, ०७ चैत २०७८

कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका दुई खेलमा सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी भएका छन् । सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित ग¥यो ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन बनायो । १ सय ८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ थालेको सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । सुदूरपश्चिमलाई जिताउन मनीषा चौधरी र यशोदा विष्टले ६३ रनको अविजित साझेदारी गरिन् । सुदूरपश्चिमका लागि मनीषाले व्यक्तिगत ३०, अनु कठायतले २७ र यशोदाले ११ रन बनाइन् । बलिङ तर्फ लुम्बिनीकी शुस्मिता भुसालले १ विकट लिइन । 

यसअघि पहिलो इनिङमा लुम्बिनीकी जिज्ञासा थापाले ३२, रन्जु श्रेष्ठले २५, आस्मा पुलामी मगरले १६ र यमुना थारुले अविजित १५ रन बनाइन् । बलिङ तर्फ सुदूरपश्चिमका मनीषा चौधरी, जानकी थापा र स्नेहा महराले समान १/१ विकेट लिइन् । खेलको प्लेयर अफ दी म्याच सुदूरपश्चिमकी मनिष घोषित भइन् । 

आजै भएको दोस्रो खेलमा कर्णाली प्रदेशले बागमती प्रदेशलाई ९ विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङका लागि मैदान उत्रिएको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर ६७ रन मात्रै बनाउन सक्यो । ६८ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १२.२ ओभरमै १ विकेट गुमाएर लक्ष्य भेट्टायो । कर्णालीको जितमा तिर्सना विश्वकर्माले अविजित २२ रन बनाइन । उसकी किरण कुमारी कुँवर १७ रन बनाएर रन आउट हुन पुगिन् । 

बागमतीका लागि हेलिसा गुरुङले अविजित ३४ रन बनाउनु बाहेक अन्य ब्याटरको प्रदर्शन सम्झन लायक बन्न सकेन । बलिङ तर्फ कर्णालीकी एन्जिला थापा र विना थापाले समान २÷२ तथा श्रीमा सिं थारु र तिर्सना विश्वकर्माले समान १÷१ विकेट लिइन् । खेलको प्लेयर आफ दी म्याच तिर्सना चुनिइन् । 

नेपाल क्रिकेट सङ्घ(क्यान) को आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले पाँच लाख र दोस्रो हुनेले तीन लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा ७ प्रदेशका सात १९ वर्ष मुनीको महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सहभागिता रहेको सङ्घका प्रदेश अध्यक्ष हरि रेग्मीले बताए । ११ गतेसम्म चल्ने प्रतियोगिताको प्रवर्द्धक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप