मृतक प्रहरी जवान उर्मिलाको अन्तिम विदाई, सबै भावविह्वल
मोरङको लेटाङमा हत्या गरिएकी प्रहरी जवान उर्मिला श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । उर्मिला श्रेष्ठलाई विराटनगरस्थित कोशी अस्पतालमा परिसरमा आज अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको हो ।
त्यस क्रममा प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी, मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललगायत प्रहरी अधिकृतले श्रद्धाञ्जली अर्पण गरेका थिए । यस्तै प्रहरीको एक टुकडीले श्रेष्ठप्रति अन्तिम सलामी दिएको थियो ।
त्यसक्रममा हातमा खादा र पुष्पगुच्छा बोकेका सबैको आँखामा आँसु देखिएको थियो । आजै अस्पतालभित्रको शवगृहमा पोष्टमार्टम सकेर बाहिर निकालेपछि श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि राखिएको थियो ।
मोरङ लेटाङमा बलात्कारको आरोप लागेका शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीय प्रदर्शनकारीले आक्रमण गरेका थिए । सोही क्रममा उनको मृत्यु भएको थियो । अन्तिम श्रद्धाञ्जली पछि उनको शव उदयपुरस्थित आफ्नै घरमा लगेर अन्त्येष्टि गरिने प्रहरीले जनाएको छ ।
गएको वैशाखमा प्रहरी जवानकुमार श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी २६ वर्षीय प्रहरी जवान श्रेष्ठको घर उदयपुर हो भने माइती खोटाङ हो । उनी गत ०७६ साल साउनमा प्रहरी सेवामा भर्ती भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण