स्थानीय तहको निर्वाचन बहिष्कार गछौं : नेता गजुरेल

नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेलले आफ्नो पार्टीले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने बताएका छन् । मधेस प्रदेश कमिटीले सोमबार सिरहाको गोलबजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता गजुरेलले भ्रष्ट नेता तथा पार्टीहरुले जनतालाई अनैतिक बनाउन खोजेको भन्दै वैशाख ३० को लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने बताएका हुन् ।
चुनावको घोषणासँग नेताहरु पैसाको बोरा बोकेर गाउँ पसेको भन्दै नेता गजुरेलले पैसा, मासु र रक्सीमा जनतालाई अल्मल्याएर चुनाव जित्ने व्यवस्था अन्त्य नभएसम्म वास्तविक जनप्रतिनिधि चयन हुन नसक्ने बताए । उनले एमसीसी परियोजना संसदबाट खारेज गर्नुपर्ने पनि बताए । नेता गजुरेलले आजबाटै आफ्नो पार्टी चुनाव बहिष्कारको आन्दोलनमा होमिएको बताए ।
उनले भने, ‘यो चुनावले जनप्रतिनिधि भन्दा पनि व्यापारी बनाउँछ, अहिले चुनावमा मासु, रक्सि र पैसा दिएर मत किन्छ, पछि त्यही रकम असुलीमा लाग्छ । यो चुनावले भ्रष्ट व्यापारीमात्र जन्माउँछ, असली जनप्रतिनिधि आउन सक्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारसँगको सहमतिप्रति विद्यालय कर्मचारी रुष्ट, शिक्षकहरूले धोका दिएको आरोप
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
श्रमिकका अधिकार सुनिश्चित गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता
-
धनगढीको डिपो गोदावरीमा सार्ने विषय रद्द, अन्त सार्ने कुरा कता हरायो ?
-
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्छ : राष्ट्रपति
-
कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको थियो : सभापति देउवा