स्थानीय तहको निर्वाचन बहिष्कार गछौं : नेता गजुरेल
नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेलले आफ्नो पार्टीले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने बताएका छन् । मधेस प्रदेश कमिटीले सोमबार सिरहाको गोलबजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता गजुरेलले भ्रष्ट नेता तथा पार्टीहरुले जनतालाई अनैतिक बनाउन खोजेको भन्दै वैशाख ३० को लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने बताएका हुन् ।
चुनावको घोषणासँग नेताहरु पैसाको बोरा बोकेर गाउँ पसेको भन्दै नेता गजुरेलले पैसा, मासु र रक्सीमा जनतालाई अल्मल्याएर चुनाव जित्ने व्यवस्था अन्त्य नभएसम्म वास्तविक जनप्रतिनिधि चयन हुन नसक्ने बताए । उनले एमसीसी परियोजना संसदबाट खारेज गर्नुपर्ने पनि बताए । नेता गजुरेलले आजबाटै आफ्नो पार्टी चुनाव बहिष्कारको आन्दोलनमा होमिएको बताए ।
उनले भने, ‘यो चुनावले जनप्रतिनिधि भन्दा पनि व्यापारी बनाउँछ, अहिले चुनावमा मासु, रक्सि र पैसा दिएर मत किन्छ, पछि त्यही रकम असुलीमा लाग्छ । यो चुनावले भ्रष्ट व्यापारीमात्र जन्माउँछ, असली जनप्रतिनिधि आउन सक्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण