महराका स्वकीय सचिवले पार्टी त्यागपछि माओवादी दाङमा हलचल
नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका स्वकीय सचिव तथा घोराही उपमहानगरपालिका इञ्चार्ज प्रमोद शर्माले मंगलबार बिहान सामाजिक सञ्जालबाट पार्टी त्यागेको घोषणा गरेपछि जिल्लाको राजनीतिमा हलचल भएको छ ।
हिजो सोमबार गरिएको दाङ जिल्लाको जिम्मेवारी बाँडफाँडका असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।
माओवादी जनयुद्धका बेलादेखि पार्टीमा लागेका प्रमोदका जेठा दाइले माओवादी युद्ध मै ज्यान गुमाएका थिए । उनका सबै परिवार पूर्णकालीन माओवादी हुन् । उनकी श्रीमती सीता चौधरीलाई माओवादीले यसअघि घोराही उपमहानगरमा उपमेयरमा चुनाव लडाएका थियो । तर,उनी पराजित भएकी थिइन् । शर्मा दाङ जिल्ला कमिटीको सचिवका आकांक्षी थिए । तर, माओवादीले विश्वराज आचार्यलाई सचिव बनाएपछि उनी असन्तुष्ट बनेको चर्चा रहेको छ ।
शर्माले अब आफू माओवादीमा नरहने बताए । शर्माले रातोपाटीसँग भने, ‘म अब माओवादीमा रहन्न,बरु सामाजिक रुपमा काम गर्ने छु, जे सामाजिक सञ्जालमा लेखेको त्यही । हो अन्य मेरो केही छैन् ।’
उनले तत्काल अर्को पार्टीमा प्रवेश गर्ने विषयमा कुनै निर्णय नभएको रातोपाटीलाई खुलाए । यता माओवादी दाङ जिल्ला इन्चार्ज जीवन गौतमले शर्माले राजीनामा दिएको आफूले सुनेको रातोपाटीलाई बताए । उनले भने, ‘म नेपालगञ्ज जाँदै छु । उहाँको असन्तुष्टि के हो त्यस बिषयमा छलफल हुन्छ र उहाँको समास्या समाधान गरिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण