काँग्रेस बागमती प्रदेशका सदस्यहरुलाई चुनाव प्रशिक्षण
नेपाली काँग्रेस बागमती प्रदेश समितिले कार्याकर्ताहरुलाई चुनाव लक्षित प्रशिक्षण दिएको छ ।‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियान अन्र्तगत काँग्रेस बागमती प्रदेश समितिले मंगलबार हेटौंडामा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई चुनाव लक्षित प्रशिक्षण दिइएको हो ।
काँग्रेस बागमती प्रदेशको आयोजनामा उनीहरुलाई स्थानीय निर्वाचन र एमसीसीका बारेमा फैलाइएको भ्रम सम्बन्धी एकदिने प्रशिक्षण दिएको हो ।
काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको प्रशिक्षणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोख्रेल, राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटा र काँग्रेसका प्रशिक्षक रामबहादुर लामाले प्रशिक्षण दिएका थिए ।
उक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभापति बानियाँले एमसीसीबारे कम्युनिष्टले फैलाएको भ्रमलाई चिर्दै आम मतदातामा काँग्रेसको विचार र सिद्धान्त तथा आफूले गरेका राम्रो कामको प्रचार गर्न लाग्नुपर्ने बताए । प्रदेश सभापति बानियाँले प्रशिक्षणबाट सिकेको कुरा आफू प्रतिनिधि भएको जिल्लाको टोलटोलमा गई आउँदै गरेको स्थानीय निकायको निर्वाचनमा काँग्रेसको पक्षमा मतदान गर्न मतदातालाई बुझाउनसमेत निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ ३० दिनसम्म दैनिक ओखर खाँदा ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पुरुषमा यो हो हार्ट अट्याकको पहिलो लक्षण
-
के एमबाप्पेको पेनाल्टी शैलीमै समस्या आएको हो ?
-
मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण