सावित्रा दशक खेलाडी अवार्डबाट सम्मानित
मङ्गलबार, ०८ चैत २०७८, १८ : १८
‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७७ को दशक खेलाडीको अवार्ड नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी सम्मानित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको भव्य कार्यक्रमबीच सावित्रालाई महिलातर्फ दशक खेलाडी अवार्ड प्रदान गरेको हो ।
सावित्राले नेपाललाई साफमा दुई वटा रजत पदक दिलाएका छन् । उनले सागमा पनि नेपाली महिला टोलीलाई दुई वटा रजत पदक दिलाउन सफल भएकी छन् । उनले नेपालबाट खेलेको ४० खेलमा सर्वाधिक ३८ गोलको कीर्तिमान समेत कायम गरेकी छन् ।
भारतको महिला आई लिगमा सेतु एफसीलाई दुई पटक च्याम्पियन बनाउन सफल भएकी छन् । हिरो कपको फाइनलमा भारतलाई पराजित गर्दा दुई गोल गरेकी थिइन् ।सावित्रा सन् २०१९ साफको सबै खेलमा सर्वाधिक गोलकर्ता समेत बनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण