शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सावित्रा दशक खेलाडी अवार्डबाट सम्मानित

मङ्गलबार, ०८ चैत २०७८, १८ : १८
मङ्गलबार, ०८ चैत २०७८

‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७७ को दशक खेलाडीको अवार्ड नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी सम्मानित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको भव्य कार्यक्रमबीच सावित्रालाई महिलातर्फ दशक खेलाडी अवार्ड प्रदान गरेको हो ।


सावित्राले नेपाललाई साफमा दुई वटा रजत पदक दिलाएका छन् । उनले सागमा पनि नेपाली महिला टोलीलाई दुई वटा रजत पदक दिलाउन सफल भएकी छन् । उनले नेपालबाट खेलेको ४० खेलमा सर्वाधिक ३८ गोलको कीर्तिमान समेत कायम गरेकी छन् ।

भारतको महिला आई लिगमा सेतु एफसीलाई दुई पटक च्याम्पियन बनाउन सफल भएकी छन् ।  हिरो कपको फाइनलमा भारतलाई पराजित गर्दा दुई गोल गरेकी थिइन् ।सावित्रा सन् २०१९ साफको सबै खेलमा सर्वाधिक गोलकर्ता समेत बनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप