रुपन्देही सुपरलिग : एमसीसी ६२ रनले विजयी
नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा मेलवर्न क्रिकेट क्लब (एमसीसी) विजयी भएको छ । सुपरफोरको चौथो खेलमा वेश्टर्न क्रिकेट क्लबलाई ६२ रनले पराजित गर्दै एमसीसी फाइनलको यात्राका लागि अंक थपेको छ ।
भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा सुरुवाती ब्याटिङ लिएको एमसीसीले निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव ३ ओभरमा १ सय ६१ रन बनाएको थियो । जसका लागि विजय प्रजापतिले अविजित सर्वाधिक ७१ रनको योगदान गरे । यस्तै सशेजाद आलमले २६, सविन शाक्यले १४ रन बनाए । बलिङ तर्फ वेश्टर्नका प्रतिशत जिसीले ५, विक्रम भुसालले २ विकेट लिए ।
१६२ रनको लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रेको वेश्टर्नले २१ ओभरमै समेटिएर ९९ रन मात्र जोड्न सक्यो । सबै विकेट गुमाएर लक्ष्यमा पुग्न नसकेको वेश्टर्नले ६२ रनान्तरले हार व्यहोर्नु पर्यो । टिमका लागि सन्देश थापाले २९, अनिल खरेलले १६, सौरभ खनालर एन्जल वाग्लेले समान १५–१५ रनको योगदान गरे पनि हारको सामना गर्नु पर्यो । बलिङ तर्फ रमेश कुर्मी र रोशन लाल गुप्ताले ३–३, शिव कुमार मौर्य र सन्तोष यादवले २–२ विकेट लिए ।
मंगलबारको खेलमा एमसीसीका विजय प्रजापति म्यान अफ द म्याच भए । शनिबारबाट सुरु भएको सुपर फोरमा रुपन्देहीका ४ टिम डिभिजन ए बाट उक्लेका छन् । बुधबार लुम्बिनी खुकुरी क्लब र वेश्टर्न क्लब बिच प्रतियोगिता हुने संघका सचिव सञ्जय गुरुङले जानकारी दिए ।
नेपालकै एक मात्र सुपरलिग प्रतियोगिता २०५४ साल देखि निरन्तर हुँदै आएको छ । सुपर फोरमा उक्लेका ४ समूहका ४ टिमहरूबीच लिगको आधारमा प्रतियोगिता हुँदैछ लिगमा बढी अंक ल्याउने २ टिम बीच चैत्र १२ गते उपाधिका लागि प्रतियोगिता हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
-
इरानविरुद्ध युद्ध सुरु गर्ने निर्णय गलत ठान्छन् अधिकांश अमेरिकी
-
कांग्रेस दलका नेता थापाले भने- ‘एमालेसँगको सहकार्य टुट्यो, तीन विकल्पमा छलफल भइरहेको छ’
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण