बाख्रा बाँड्न आईएनजीओलाई 'बिचौलिया'
विपन्न नागरिकलाई बाख्रा बाँड्न स्थानीय तहले कुनै आईएनजीओलाई 'बिचौलिया' बनाउनुपर्छ त? पक्कै पर्दैन। जनताको घरदैलोको सरकारले किसानलाई स्वावलम्बी र आत्मनिर्भर बनाउन आफै बाख्रा खरिद गरी वितरण गर्न सक्छन्। तर, यही कामका लागि लुम्बिनी प्रदेशका २३ स्थानीय तहले हेफर प्रोजेक्ट नेपाललाई बिचौलिया' बनाएका छन्। उनीहरूले 'सेटिङ'मा यो आईएनजीओलाई पौने अर्ब सरकारी बजेट सुम्पिएका छन्। अर्को पनि अनौठो छ।
हेफर आफैले काम गर्दैन। स्थानीय तहसँग सम्झौता गरेर बजेट मात्रै लिन्छ। उसले एनजीओलाई काममा लगाउँछ। स्थानीय सरकारको बजेट आईएनजीओ, एनजीओले खेलाउँछन्। यो शृंखलाले बाखासमेत महँगो पर्न जान्छ।
यो प्रदेशका स्थानीय तहले पशुपालन र बाख्रापालनलाई छुट्याएको बजेट हेफरलाई दिएका हुन्। हेफरलाई मात्रै पर्ने गरी कार्यक्रम सञ्चालन गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले यसलाई 'नीतिगत बेरुजु'मा राखेको छ । स्थानीय तहको बजेट संस्थाको खातामा राखेर कार्यक्रम सञ्चालन गरिएको छ। आन्तरिक आयबाट जुटेको करोडौं बजेट उक्त आईएनजीओलाई दिएका हुन्। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन कार्यालयका कर्मचारी घुससहित पक्राउ
-
आयोगमा परेका १ हजार ५ सय उजुरीमध्ये ४ सय उजुरीको प्रारम्भिक छानबिन सुरु
-
सशस्त्रको स्कुलको ११ करोड रकम एमडी ट्राभल्सको खातामा
-
स्रोत नखुलेपछि बलरामकाे ७३ लाख ३० हजार रुपैयाँ जफतकाे फैसला
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण