शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

धनकुटामा जिप दुर्घटना, एक जनाको मृत्यु

बुधबार, ०९ चैत २०७८, १० : ३४
बुधबार, ०९ चैत २०७८

धनकुटाको सागुरीगढी गाउँपालिका–६ नजिकै मंगलबार राति जिप दुर्घटना  हुँदा एक जना यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपमा सवार धनकुटाकै सागुरीगढी गाउँपालिका–७ की १९ वर्षीया श्रेया राई रहेकी छन् । 

उनको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । गए राति ९ बजे मे १ ज २१६२ नम्बर जिप अनियन्त्रित भई सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय भेडेटारले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप