प्रधानमन्त्री देउवा बिहीबार तनहुँ जाने
प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार तनहुँ जाने भएका छन् । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी तनहुँ जान लागेका हुन् ।
प्रधानमन्त्री देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जलविद्युत् आयोजनाको निरीक्षण पश्चात् प्रधानमन्त्री देउवाले निर्देशन दिने कार्यक्रम छ ।
त्यसपछि प्रधानमन्त्री देउवा नेपाली काँग्रेस तनहुँको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् । लगत्तै उनले तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु हुने आठौँ तनहुँ महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रजिअ अर्यालले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले बिहीबार नै ऋषिङ गाउँपालिकाको भवन उद्घाटन गर्नेछन् । गाउँपालिकाले रु तीन करोड ५० लाखको लागतमा प्रशासकीय भवन निर्माण गरेको हो । उक्त भवनको उद्घाटन सकेर प्रधानमन्त्री देउवा काठमाडौँ फर्किने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
-
बढ्दो सहरीकरणसँगै उपत्यकामा धान रोप्ने ठाउँको अभाव
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने पत्राचारमा स्ववियुकाे आपत्ति, भन्याे– विश्वविद्यालयलाई सरकारको छाया बनाउन खोजियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण