सिमसार जोगाउन कोशी टप्पु क्षेत्रको ४५ हेक्टर क्षेत्र हराभरा पारिँदै
मासिँदो क्रममा रहेको सिमसार जोगाउन कोशी टप्पु वन्यजन्तु आरक्ष अन्तर्गत रहेको मध्यवर्ती क्षेत्रको ४५ हेक्टर क्षेत्र सफाइको काम थालिएको छ । सिमसार मासिँदा लोप हुन थालेका माछा र चरासहितका सरीसृप प्रजाति जोगाउने उद्देश्यले आरक्ष हातासँगै मध्यवर्ती क्षेत्रमा पर्ने सिमसार क्षेत्र संरक्षणको काम अघि बढाइएको हो ।
संरक्षण अन्तर्गतको काममा सिमसारमा आश्रित समूदायलाई रोजगारी प्रदान गरिएको छ । जीविकोपार्जन सहयोगका रुपमा स्थानीय जनशक्ति परिचालन गरी सिमसारबाट जलकुम्भीका साथै मिचाहा प्रजातिका झारपात हटाउने कार्यलाई अघि बढाइएको छ । सिमसार सफाई थालेसँगै स्थानीयले परिवर्तनको आभास समेत गर्न थालेका छन । हराउँदै गएका माछा र चराको विचरण बढ्न थालेको उनीहरु बताउँछन् ।
संरक्षित क्षेत्रका रुपमा रहेको कोशी टप्पुको सिमसार क्षेत्र पछिल्लो समय भने जलकुम्भी र मिचाहा प्रजातिका कारण मासिँदो क्रममा छ । सफाइको क्रममा सिमसार क्षेत्रबाट निकालिएको जलकुम्भीलाई कम्पोष्ट मल बनाउने गरी तयारी समेत गरिएको छ ।
मानव र वन्यजन्तु बीचको द्धन्द्ध अन्त्य गर्दै चरा र वन्यजन्तुको संरक्षणको उद्देश्य साथ कोशी टप्पु टु कञ्चनजङ्गा बेल्ट परियोजना अन्र्तगत कोशी टप्पुमा संरक्षणका काम अघि बढाइँदै आइएको हो । परियोजना अन्तर्गत सिमसार क्षेत्र बढाउन ४५ हेक्टर जग्गा खरिद समेत गरी सकिएको छ । थप जग्गा खरिदको क्रम समेत अघि बढाइएको छ ।
सिमसार तथा सिमसारमा आश्रित जलचर र जीवजन्तुको संरक्षण गर्नु बेल्टको प्रमुख उद्देश्य रहेको छ । बेल्ट अन्तर्गत सुनसरी तर्फको सिमसार संरक्षण तथा त्यसको प्रवर्द्धनको जिम्मेवारीको काम भने कोशी टप्पु लर्निङ ग्राउण्डले हेर्दै आएको छ ।
क्षेत्र विस्तारसँगै सिमसारलाई २०६५ मा कोशी बाँध फुट्नु पूर्वको अवस्थामा फर्काउन केटीके बेल्ट र भर्टिकल वायोडाईभसिटी फण्डले सो क्षेत्रमा ठूलो धनराशी खर्च गर्दैछ । वातावरणीय परिवर्तन र जैविक विविधताको संरक्षणमा वैज्ञानिक विधि अवलम्बन गर्दै अघि बढ्ने लक्ष्य लिएको परियोजनाले सिमसार सफाई, क्षेत्र विस्तार र अध्ययन अनुसन्धानको काम अघि बढाउदै लगेको छ ।
त्यसका साथै माछा तथा चरासँगै सिमसारमा आश्रित जीवजन्तुको वासस्थान पहिल्याउँदै दिगो संरक्षणमा जोड दिन नेपाल र भारत दुई देश सम्मिलित विज्ञ टोलीले अध्ययन तथा अनुसन्धानको काम थाल्ने गरी तयारी समेत थालेको कोशी टप्पु लर्निङ ग्राउण्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण