सकियो जीतु र साम्राज्ञीको ‘ह्यारी कि प्यारी’
डा. कपिल रिजालको निर्देशन रहेको फिल्म ‘ह्यारी कि प्यारी’ को छायांकन सकिएको छ । फिल्मको छायांकन मंगलबारबाट सकिएको हो । करिब डेढ महिनालगातार छायांकनपछि फिल्म सकिएको निर्देशक रिजालले बताए । ‘फिल्म पूरै पारिवार बसेर हेर्न मिल्ने बनेको छ’ निर्देशक रिजालले भने ।
रोमान्टिक कमेडी विषयमा बनेको फिल्मको काठमाडौं, पोखरा, पर्वत, चितवनलगायतका स्थानमा छायांकन भएको छ । बिआर प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता गायक एवं गीतकार समेत रहेका डा. भोला रिजाल हुन् । रिजालले दुई दशक अन्तरालपछि फिल्म बनाएका हुन् ।
जीतु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको फिल्ममा जीतु ह्यारी र साम्राज्ञी उनको प्यारीका रुपमा देखिनेछन् । जीतु र साम्राज्ञीका अलवा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारको समेत अभिनय फिल्ममा देख्न सकिनछे ।
निर्देशक रिजालकै कथा, सुदीप बरालको पटकथा र संवाद रहेको फिल्ममा गिरीराज घिमिरे शिखर सन्तोष र युग भुषालको संगीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी, सुदीप बरालको छायांकन रहेका फिल्म अर्जुन जिसीले सम्पादन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण