ठेकी बनाउने चँदरा पेसा सङ्कटमा
परम्परागत रूपमा गरिँदै आएको काठको ठेकी बनाउने चँदरा पेसा सङ्कटमा पर्न थालेको छ । भोजपुरमा विगतका वर्षमा धेरैले यो पेसा गर्दै आएको भए पनि अहिले आएर लोप हुने अवस्थामा पुगेको हो ।
संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेसा सङ्कटमा पर्दै गएको यस क्षेत्रमा आबद्ध मानिसले बताउने गरेका छन् । धेरै मेहनतका साथ खोला खोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिक उपार्जन नहुने भएपछि मानिसले यो पेसा छाड्दै गएको ५० वर्ष बढी समयबाट चँदरा पेसा गदै आएका टेम्के मैयुङ गाउँपालिका-८ गोगनेका रत्नबहादुर विश्वकर्माले बताए । विश्वकर्माले भने, 'यो हाम्रो पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको छ । मेहनत धेरै गर्नु पर्छ । मेहनत अनुसारको आम्दानी हुँदैन । धेरै दुःख गर्नुपर्ने भएकाले नयाँ पुस्ताले चासो दिँदैनन्। यसको संरक्षणमा सरकारले ध्यान दिए हुने थियो।' आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन कार्यालयका कर्मचारी घुससहित पक्राउ
-
आयोगमा परेका १ हजार ५ सय उजुरीमध्ये ४ सय उजुरीको प्रारम्भिक छानबिन सुरु
-
सशस्त्रको स्कुलको ११ करोड रकम एमडी ट्राभल्सको खातामा
-
स्रोत नखुलेपछि बलरामकाे ७३ लाख ३० हजार रुपैयाँ जफतकाे फैसला
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण