वाङको भ्रमण अघि पश्चिमा कूटनीतिज्ञ तिब्बती शरणार्थी शिविरमा
चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणको पूर्वसन्ध्यामा नेपालस्थित अमेरिका, बेलायत, अस्ट्रेलिया, फ्रान्सलगायत मुलुकका कूटनीतिज्ञले तिब्बती शरणार्थी शिविर निरीक्षण गरेका छन्। काठमाडौंस्थित कुटनीतिक नियोगका प्रतिनिधिले बधबार जावलाखेलस्थित शिविर निरीक्षण गरेको उच्च सुरक्षा स्रोतले पुष्टि गरेको छ। उनीहरूले त्यहाँको भौतिक अवस्था र त्यहाँ बस्ने तिब्बतीको खानपान, बसाइ, स्वास्थ्य, शिक्षालगायतबारे चासो राखेका थिए।
चिनियाँ विदेशमन्त्री वाङले पछिल्लो पटक नेपालमा भइरहेका चीनविरोधी गतिविधिबारे प्रधानमन्त्री शेरबहादुर देउवालगायतसँग महत्वका साथ प्रश्न उठाउने तयारी गरिरहेका छन्। यही बेला कुटनीतिक नियोगका प्रतिनिधिले तिब्बती शिविर निरीक्षण गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएपछिको परिवर्तित भूराजनीतिक र त्यसले सिर्जना गर्न सक्ने सम्भावित सुरक्षा अवस्था बुझ्न चिनियाँ विदेशमन्त्री वाङ शुक्रबार काठमाडौं आउँदै छन्। एमसीसी आफूविरुद्ध भएको चिनियाँहरूको बुझाइ छ। चिनियाँ राष्ट्रपति सी जिङपिङले एमसीसी अनुमोदन हुनुअगावै नेपालमा वाङको भ्रमण गराउन चाहेका थिए। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन कार्यालयका कर्मचारी घुससहित पक्राउ
-
आयोगमा परेका १ हजार ५ सय उजुरीमध्ये ४ सय उजुरीको प्रारम्भिक छानबिन सुरु
-
सशस्त्रको स्कुलको ११ करोड रकम एमडी ट्राभल्सको खातामा
-
स्रोत नखुलेपछि बलरामकाे ७३ लाख ३० हजार रुपैयाँ जफतकाे फैसला
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण