समयमै काम सक्न निर्माण व्यवसायीलाई अर्थमन्त्रीको आग्रह
अर्थमन्त्री जर्नादन शर्माले सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनमा केही प्राविधिक त्रुटिहरू देखिएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बुधबारको भेटमा मन्त्री शर्माले एघारौँ संशोधनमा देखिएका प्राविधिक त्रुटिहरू संशोधन गर्ने आश्वासन पनि दिएका हुन् ।
निर्माण व्यवसायीहरूसँग सहकार्य गरी सरकार भौतिक पूर्वाधार विकास कार्यमा अगाडि बढ्ने उनले बताए । २३ औँ साधारण सभा तथा १२ औँ अधिवेशनको काठमाडौँ घोषणापत्र कार्यान्वयन तथा सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनका विषयमा जानकारी गराउन महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री शर्मालाई भेटेको हो ।
मन्त्री शर्माले समयमै काम सकेर पुँजीगत खर्च गर्ने सरकारको लक्ष्यमा सघाउन व्यवसायीहरूलाई आग्रह गरे । महासंघको नवनिर्वाचित कार्यसमितिलाई उनले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । महासंघ प्रतिनिधिमण्डलले अत्यधिक मूल्यवृद्धिका कारण निर्माण कार्य अघि बढाउने अवस्था नरहेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालय मार्फत मूल्य समायोजन मागदर्शन—२ जारी गराउन आवश्यक पहलकदमीका लागि मन्त्री शर्मा समक्ष आग्रह गरेको छ ।
महासंघ प्रतिनिधिमण्डलले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग पनि भेट गरेको छ । मन्त्री झाँक्रीले खरिद नियमावलीको संशोधनबाट मात्रै निर्माण उद्योगको समस्या समाधान नहुने भन्दै खरिद ऐन÷कानुनमै संशोधन आवश्यक भएको धारणा राखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानका एक चौथाइभन्दा बढी नगरपालिकामा १० प्रतिशतभन्दा बढी जनसङ्ख्या घट्यो
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
-
काठमाडौँका सञ्चारगृह र भाटभटेनीबाहिर शंकास्पद रूपमा गाडी पार्किङ, क्रेन लगाएर उठाइयो
-
उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५१ वटा मोटरसाइकल फेला, सम्बन्धितलाई हस्तान्तरण
-
नयाँ राहदानी प्रणालीसँगै देखियो प्राविधिक समस्या
-
आँसु पुछ्न औँला छैनन्...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण