निर्वाचन क्षेत्र केन्द्रीत कार्यक्रममा प्रचण्ड, एमाले र राप्रपाका नेता कार्यकर्तालाई स्वागत
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी छोडेर एमालेमा जानेहरू अवसरवादी र धोकेवाज भएको टिप्पणी गरेका छन् । बिहीबार चितवनको माडीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी छोड्नेहरू आफुलाई क्रान्तिकारी भन्ने तर दक्षिणपन्थी पार्टी एमालेमा प्रवेश गरेर आफ्नो चरित्र प्रस्ट्याएको बताए । ‘माओवादी छोड्नेहरू कमसेकम मोहन वैद्य किरणजी वा नारायणमान बिजुक्छेको पार्टीमा गएका भए ठिकै भन्न सकिन्थ्यो तर एमाले गएका छन्’,प्रचण्डले भने, ‘उनीहरु अवसरवादी र धोकेवाज हुन् ।’ उनले काँग्रेस प्रवेश गर्न हिँडेको मान्छे आकाशवाणीपछि एमाले प्रवेश गरेको घट्ना समेत सुनाए ।
अध्यक्ष प्रचण्ड प्रदेशस्तरीय कार्यक्रम सकेलगत्तै बिहीबार आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेका हुन् । विकासे कार्यक्रमको उद्घाटनदेखि पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन चितवन पुगेका प्रचण्ड बिहीबारै झण्डै आधा दर्जन कार्यक्रममा सहभागी हुँदैछन् । माडीमा भएको कार्यक्रममा उनले एमाले, काँग्रेस, माओवादी क्रान्तिकारी र राप्रपालगायत विभिन्न पार्टी छोडेका नेता कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण