बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

उद्यमशीलता सम्मेलन सम्पन्न

बिहीबार, १० चैत २०७८, १७ : ३२
बिहीबार, १० चैत २०७८

नेपालस्थित भारतीय राजदूतावासको आयोजनामा तेस्रो उद्यमशीलता सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलनको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले संयुक्त रुपमा उद्घाटन गरेका थिए । 

भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत चैत ९ गते सो सम्मेलन आयोजना गरेको थियो । भारत र नेपालका उद्यमशील प्रतिभाहरूलाई जोड्ने उद्देश्यबाट यो सम्मेलनको आयोजना गरिएको दूतावासद्वारा विहिबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । 

नेपाल र भारतका युवा उद्यमीहरू, लगानीकर्ताहरु, उद्यम पूँजीपतिहरू र विज्ञहरुलाई विचारदेखि व्यापार मोडलसम्म, समस्यादेखि समाधानसम्म र व्यवसायदेखि लगानीसम्मका विविध विषयवस्तुहरुमा एक अर्काका अनुभवहरु साटासाट गर्न कार्य यो सम्मेलनले गरेको विज्ञप्तिमा उल्लेख छ । 

ई–कमर्श, जीवन विज्ञान, फिनटेक, शिक्षा प्रविधि, सामाजिक उद्यमशीलता, खाद्य प्रविधि तथा वित्तीय सेवाहरु जस्ता विविध क्षेत्रहरुमा क्रियाशील भारतका पाँच जनासहित करिब २५ जना उद्यमीहरुले सम्मेलनमा भाग लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप