बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मधेस आन्दोलनका मुद्दा पुरा गर्न पुनः आन्दोलन गर्नुपर्छ : अध्यक्ष ठाकुर

बिहीबार, १० चैत २०७८, १८ : ४३
बिहीबार, १० चैत २०७८

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा उठाइएको मुद्दा पुरा गर्न पुनः आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार पर्साको वीरगञ्जमा चुनावलक्षित प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मधेस आन्दोलनमा पीडित भएकाहरुको मुद्दा ऐतिहासिक रुपमा स्थापित गराउन सकिए पनि पुरा हुन नसकेको बताए ।  उनले मधेस आन्दोलनमा उठाइएको केही मुद्दा सम्बोधन भएको र केही हुन बाँकी रहेकाले संघर्ष गर्नुपरेको पनि स्पष्ट पारे ।  

अध्यक्ष ठाकुरले विभिन्न किसिमको मुद्दामा लगाइएका नेताहरु अहिले अदालतमा तारिखमा, थुनुवा र कार्यकर्ताहरु जेलमा रहेकाले अब उनीहरुलाई छोड्ने गरी संघर्ष गर्न नेताहरुलाई निर्देशन दिए । उनले अहिले पनि मधेश आन्दोलनमा समाहित भएकाहरु सरकारको मुद्दा खेपिरहेको बताउँदै मधेश अहिले पनि आतंकबाट मुक्त नरहेको जिकिर समेत गरे ।

यस्तै वरिष्ठ नेता राजेन्द्र महतोले अगामी दिनमा कुनैपनि पार्टीसँग निर्वाचनमा तालमेल हुनसक्ने बताए । उनले आवश्यकता अनुसार जिल्लाका नेताहरुले पनि चुनावी तालमेल गर्न सक्ने जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप