पत्रपत्रिका
स्थानीय तहलाई नै तालमेलको जिम्मा
शुक्रबार, ११ चैत २०७८, ०६ : ०४
प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । साथै तालमेलको जिम्मा गर्ने अधिकारसमेत स्थानीय कमिटीलाई दिइएको छ ।
बिहीबार काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटी बैठकले स्थानीय तहका कमिटीलाई चैत मसान्तभित्रमा उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको हो । ३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार सम्बन्धित कमिटीले एक महिलासहित तीन जना प्रत्यासीको नाम सिफारिस गरी माथिल्लो कमिटीमा पेस गर्नुपर्नेछ । यसरी सिफारिस भई आएको प्रत्यासीको नाममा माथिल्लो कमिटीले टुंगो लगाउनेछ । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन कार्यालयका कर्मचारी घुससहित पक्राउ
-
आयोगमा परेका १ हजार ५ सय उजुरीमध्ये ४ सय उजुरीको प्रारम्भिक छानबिन सुरु
-
सशस्त्रको स्कुलको ११ करोड रकम एमडी ट्राभल्सको खातामा
-
स्रोत नखुलेपछि बलरामकाे ७३ लाख ३० हजार रुपैयाँ जफतकाे फैसला
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण