शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङमा म्यादी प्रहरीमा ३ हजार ६ सय ३४ जनाले दिए आवेदन

शनिबार, १२ चैत २०७८, ०८ : ०८
शनिबार, १२ चैत २०७८

आगामी ३० वैशाखमा  हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न लमजुङमा ३ हजार ६ सय ३४ जनाले आवेदन दिएका  छन् । आइतबारदेखि शुक्रबारसम्म  जिल्ला प्रहरी कार्यालय लमजुङमा ३ हजार ६ सय ३४ जनाले आवेदन दिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले  जानकारी दिए । 

जसमा ३ सय ९६  जना महिला र  २ हजार २ सय ३८ जना पुरुष छन । आवेदन दिनेमा अधिकांश २० देखि २५ वर्षका युवाहरू छन्। लमजुङमा ९ सय ८६ म्यादी प्रहरी माग भएको छ ।

म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिक रूपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप