लमजुङमा म्यादी प्रहरीमा ३ हजार ६ सय ३४ जनाले दिए आवेदन
शनिबार, १२ चैत २०७८, ०८ : ०८
आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न लमजुङमा ३ हजार ६ सय ३४ जनाले आवेदन दिएका छन् । आइतबारदेखि शुक्रबारसम्म जिल्ला प्रहरी कार्यालय लमजुङमा ३ हजार ६ सय ३४ जनाले आवेदन दिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए ।
जसमा ३ सय ९६ जना महिला र २ हजार २ सय ३८ जना पुरुष छन । आवेदन दिनेमा अधिकांश २० देखि २५ वर्षका युवाहरू छन्। लमजुङमा ९ सय ८६ म्यादी प्रहरी माग भएको छ ।
म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिक रूपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण