शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, तस्बिरमा हेर्नुहोस्

शनिबार, १२ चैत २०७८, १६ : २१
शनिबार, १२ चैत २०७८

परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यी बीच सिंहदरबारमा भेटवार्ता सुरु भएको छ । दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रीद्वय बीचमा भेटवार्ता सुरु भएको हो । भेटवार्तामा दुई देशबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । 

परराष्ट्रमन्त्री खड्कासँग भेटघाट गरिसकेपछि पाँच बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार जाने स्रोतले जनाएको छ ।  विदेशमन्त्री वाङले आइतबार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटिसकेपछि एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम तय भएको छ । दाहाल र ओलीसँग वाङले राजधानीको मेरियट होटलमा भेट्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप