परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, तस्बिरमा हेर्नुहोस्
शनिबार, १२ चैत २०७८, १६ : २१
परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यी बीच सिंहदरबारमा भेटवार्ता सुरु भएको छ । दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रीद्वय बीचमा भेटवार्ता सुरु भएको हो । भेटवार्तामा दुई देशबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
परराष्ट्रमन्त्री खड्कासँग भेटघाट गरिसकेपछि पाँच बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार जाने स्रोतले जनाएको छ । विदेशमन्त्री वाङले आइतबार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटिसकेपछि एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम तय भएको छ । दाहाल र ओलीसँग वाङले राजधानीको मेरियट होटलमा भेट्ने कार्यक्रम रहेको छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण