राजेश हमाल अभिनित ‘बिरानो सहरमा’ सार्वजनिक
आइतबार, १३ चैत २०७८, १२ : ०८
पछिल्लो समय अभिनेता राजेश हमाल म्युजिक भिडियोमा बाक्लै देखिन थालेका छन् । फिल्मका अफर कम हुन थालेपछि उनले म्युजिक भिडियोमा आफ्नो सक्रियता बढाएका हुन् । यस्तैमा हमाल अभिनित गीत ‘बिरानो सहरमा’ सार्वजनिक भएको छ । गजलकार शान्ती शर्माको शब्द तथा स्वरूप राज आचार्यको स्वर रहेको गीतमा दीपक जङ्गमको संगति छ ।
प्रेम, मिलन र बिछोडको आयाम देखाउन खोजेको भिडियो निशान घिमिरेले निर्देशन गरेका हुन् । भिडियोमा हमालको अलवा शान्ति शर्मा, सुशीला थापा, रोहित बस्नेत र नारायण अधिकारीको अभिनय छ ।
मुकेश हुमागाईको छायांकन रहेको भिडियो निर्देशक घिमिरेले नै सम्पादन गरेका हुन् । गीतमा संगीत संयोजन देबेन्द्र नेवाले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण