शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राजेश हमाल अभिनित ‘बिरानो सहरमा’ सार्वजनिक

आइतबार, १३ चैत २०७८, १२ : ०८
आइतबार, १३ चैत २०७८

पछिल्लो समय अभिनेता राजेश हमाल म्युजिक भिडियोमा बाक्लै देखिन थालेका छन् । फिल्मका अफर कम हुन थालेपछि उनले म्युजिक भिडियोमा आफ्नो सक्रियता बढाएका हुन् । यस्तैमा हमाल अभिनित गीत ‘बिरानो सहरमा’ सार्वजनिक भएको छ । गजलकार शान्ती शर्माको शब्द तथा स्वरूप राज आचार्यको स्वर रहेको गीतमा दीपक जङ्गमको संगति छ ।

प्रेम, मिलन र बिछोडको आयाम देखाउन खोजेको भिडियो निशान घिमिरेले निर्देशन गरेका हुन् । भिडियोमा हमालको अलवा शान्ति शर्मा, सुशीला थापा, रोहित बस्नेत र नारायण अधिकारीको अभिनय छ ।
मुकेश हुमागाईको छायांकन रहेको भिडियो निर्देशक घिमिरेले नै सम्पादन गरेका हुन् । गीतमा संगीत संयोजन देबेन्द्र नेवाले गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप