शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बीआरआई परियोजना कार्यान्वयनमा लैजान विदेशमन्त्री वाङलाई प्रचण्डको आग्रह

आइतबार, १३ चैत २०७८, १३ : ०३
आइतबार, १३ चैत २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ विदेशमन्त्री वाङ यी बीचको भेटवार्तामा दुवै पक्ष बीआरआई  लगायतका परियोजना कार्यान्वयनमा लैजाने विषयमा सकारात्मक छलफल भएको छ । 
चिनियाँ विदेशमन्त्री यी र माओवादी नेताहरुको भेटवार्तामा सहभागी नेता शक्ति बस्नेतले दुई देशबीच र दुई पार्टी बीचको सम्बन्धका बारेमा चर्चा भएको बताए । 

‘सुरुमा हाम्रोतर्फबाट दुई देशबीच र दुई पार्टी बीचको सम्बन्धबारे चर्चा भयो,बीआरआई  लगायतका परियोजना अघि बढाउनेबारे, व्यपार घाटा कम गर्नेबारे चर्चा भयो । त्यस्तै  दुई देशबीचका नाका नियमित र सन्तुलित गर्नेबारेमा चर्चा भयो’, भेटपछि नेता बस्नेतले भने, ‘उहाँहरुका तर्फबाट पनि दुई देश र दुई पार्टी बीचको सम्बन्धबारे चर्चा गर्नुभयो ।’

त्यसक्रममा चिनियाँ पक्षले  नेपालका सवै राजनीतिक पार्टीसँगको सम्बन्ध सुदृढ हुँदै गएको बताएका थिए । त्यसक्रममा माओवादी नेतृत्वले आफ्नो तर्फबाट नेपाली भूमी चीन विरोधी गतिविधिमा संलग्न हुन नदिन पहल गर्ने विश्वास दिलाएको थियो ।

‘नेपालका सवै पार्टीसँगको सम्बन्ध सुदृढ हुदै गएको चर्चा  उहाँहरुले गर्नुभयो । स्वभाविक रुपमा कम्युनिस्ट पार्टीबीच मात्रै सिमित नभएर सबै सँगको सम्बन्ध बढ्दै गएको उहाँहरुको भनाइ रह्यो’, नेता बस्नेतको भनाइ छ । साथै  चिनियाँ पक्षले नेपालले विकास प्रयासमा लिने कुनै पनि निर्णयको चीनले सम्मान गर्ने बताएको भेटमा सहभागी नेता बस्नेतले जानकारी दिए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप