शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२४ घण्टामा २३ जनामा कोरोना पुष्टि, १५५८ मा झरे सक्रिय संक्रमित

आइतबार, १३ चैत २०७८, १६ : ३७
आइतबार, १३ चैत २०७८

पछिल्लो २४ घण्टामा जम्मा २३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २१५ जना संक्रमणमुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ५ हजार २२२ जनामा गरिएको परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कसैको पनि संक्रमणका कारण ज्यान नगएको पनि मन्त्रालयले जनाएको छ । 
पछिल्लो समय देशभर सक्रिय संक्रमित घट्दो क्रममा रहेका छन् । हाल देशभर संक्रिय संक्रमित १५५८ जनामा सीमित भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप