काँग्रेस केन्द्रीय समितिमा मागियो अर्थमन्त्रीको राजीनामा
आइतबार, १३ चैत २०७८, १६ : ४७
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ । काँग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही)ले अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् । उनले बैठकमा भने, ‘व्यापार घाटा बढेको छ । अर्थतन्त्र ओरालो लागेको छ । तर सुधारको प्रयास भएको छैन ।’
अर्थमन्त्री शर्मालाई बर्खास्त गरेर अर्थतन्त्र ट्याकमा ल्याउनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासमक्ष माग गरेको रसाइलीले बताए । ‘अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूसँग माग गरेको छु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलाकालिका मन्दिर : पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो
-
फिल्म ‘आशा’ निर्माण घोषणा, मुख्य भूमिकामा महेश र अञ्जना
-
सडक–पुल अलपत्र, डीपीआर र वातावरणीय अध्ययनमा करोडौं बजेट !
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा भेटिएको शव साङ्गेतडा दुर्घटनाकी सिर्जनाको, अझै दुईको अवस्था अज्ञात
-
हात्ती पीडित बोटे परिवारलाई राहत
-
राससले देशैभर माग्यो पत्रकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण