कालोबजारी : डलर १२५, भारु १६५ !
अवैध रूपमा आयातित सामानको भुक्तानी गर्न बजारमा आवश्यक विदेशी मुद्रा नपाएपछि व्यवसायीले एक अमेरिकी डलर साट्न एक सय २५ र एक सय भारतीय रूपैयाँ (भारु) साट्न १ सय ६५ नेपाली रूपैयाँ तिर्नुपरेको छ।
भन्सार छलेर र न्यून बिजकीकरण गरेर नेपालभित्र सामान ल्याउँदा भारत र तेस्रो मुलुकमा उक्त सामानको भुक्तानी गर्न आवश्यक मात्रामा डलर र भारु पाउने अवस्था छैन । मागअनुसार आपूर्ति नभएपछि डलर र भारुको विनिमय दरमा चाप परेको हो। अहिले बजारमा एक डलर र एक सय भारु लिन क्रमशः एक सय २५ र एक सय ६५ नेपाली रूपैयाँ तिर्नु परेको व्यवसायी बताउँछन् ।
वैध रूपबाट (जुन मूल्य छ त्यसैलाई भन्सारमा घोषणा गरेर ल्याउने) आयात गरेका सामानको भुक्तानी गर्न राष्ट्र बैंकले व्यवसायीलाई विदेशी मुद्रा उपलब्ध गराउँछ । भन्सारमा मूल्य घटाएर ल्याएका सामान र भन्सार छलेर ल्याएका सामानको भुक्तानी गर्न भने व्यवसायी आफैले बजारबाट डलर र भारु किन्नुपर्छ । अहिले मुलुकभर अमेरिकी डलर र भारु अभाव भएकाले कालो बजारमा सट्टादर बढेको हो। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन कार्यालयका कर्मचारी घुससहित पक्राउ
-
आयोगमा परेका १ हजार ५ सय उजुरीमध्ये ४ सय उजुरीको प्रारम्भिक छानबिन सुरु
-
सशस्त्रको स्कुलको ११ करोड रकम एमडी ट्राभल्सको खातामा
-
स्रोत नखुलेपछि बलरामकाे ७३ लाख ३० हजार रुपैयाँ जफतकाे फैसला
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण