महामारीमा फर्किएका श्रमिकमध्ये झन्डै आधाले रोजगारी गुमाए
कोरोना महामारीको समयमा विदेशबाट फर्किएका श्रमिकमध्ये झन्डै आधाले रोजगारी गुमाएको पाइएको छ। साउथ एसियन ट्रेड युनियन काउन्सिल (साटुक)ले माइग्रेन्ट फोरम इन एसिया (एमएफए)सँगको साझेदारीमा नेपाली श्रमिकमा गरेको अध्ययनले स्वदेश फर्केका ४८ दशमलव ६ प्रतिशत श्रमिकले रोजगारी गुमाएको तथ्याङ्क अगाडि ल्याएको हो।
स्वदेश फर्केका श्रमिकमध्ये ३८ दशमलव ७ प्रतिशतको तलब घटेको, १५ दशमलव ५ प्रतिशतले रोजगारीको कार्यसमय कम भएको र ६७ दशमलव ७ प्रतिशतले आफ्नो ज्याला गुमाएको उल्लेख गरिएको छ। कोभिड-१९ को महामारी सुरु भएपछि खाडी, मलेसियालगायतका देशबाट नेपाल फर्केका १४२ जना श्रमिकलाई अध्ययनमा समेटिएको थियो। तीमध्ये ३७ दशमलव ६ प्रतिशतले आफूले विदेशस्थित नेपाली नियोगमा उजुरी दर्ता गराएको बताएका थिए भने स्वदेश फर्केकामध्ये २० दशमलव ४ प्रतिशतले आफूले नेपालमा आइसकेपछि वैदेशिक रोजगार विभाग, स्थानीय तह वा प्रहरीमा उजुरी दर्ता गराएको जानकारी दिएका थिए तर उनीहरूको उजुरीउपर के कस्तो सुनुवाइ भयो भन्ने विषय भने स्पष्ट हुन नसकेको पनि सोही अध्ययनमा उल्लेख छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
बेल्जियम चम्किएको दिन, तीनवटै आयोजक राउन्ड १६ बाट आउट
-
लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन
-
नेपालमा कीटजन्य विशेषज्ञको चरम अभाव, महामारी नियन्त्रणमा चुनौती
-
आँधीले १२औँ तलाबाट मान्छे उडाएपछि...
-
लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण