भारतले सस्तोमा रुसी तेल लिने, चीनले पनि छुटमा तेल किन्ने
रुसले युक्रेनमा अतिक्रमण गरेपछि मार्चदेखि भारतमा हुने रुसी तेलको आपूर्तिमा वृद्धि भएको छ । नयाँ दिल्लीले मस्कोबाट अझै सस्तो तेल लिने भएको औद्योगिक अवलोकनकर्ताहरुले बताएका छन् । चीन पहिलेदेखि नै रुसी तेलको सबैभन्दा ठूलो एकल खरिदकर्ता हो । उसले पनि रुसबाट व्यापक छुट मूल्यमा धेरै तेल किन्ने अपेक्षा गरिएको उनीहरुले बताएका छन् ।
यसको अर्थ अन्य मुलुकमा कच्चा तेलको मूल्य उच्च हुन सक्छ । प्रमुख तेल आयातकर्ता मुलुकहरु भारत र चीन कच्चा तेलको उच्च मूल्यबाट प्रभावित भइरहेका छन् । मूल्य गत वर्षदेखि नै वृद्धि भइरहेको थियो । पछिल्ला साताहरुमा तेलको मूल्य अस्थिर भएसँगै यो १ वर्षभन्दा अगाडिको तुलनामा ८० प्रतिशत हाराहारीमा उच्च रहेको छ ।
‘चीन र थोरैमात्र बढी भारतले पनि ठूलो छुटमा रुसी कच्चा तेल किन्ने कदम अगाडि बढाउन सक्छ,’केप्लरमा प्रमुख तेल विश्लेषक म्याट स्मिथले बताएका छन् । यो रुसी तेल छोड्ने प्रमुख विश्व शक्ति र कम्पनीको बयानबाजीसँग बिलकुल विपरित हुने छ । युक्रेनमाथि रुसको आक्रमणलाई आधार मान्दै अमेरिकाले रुसको उर्जामा प्रतिबन्ध लगाएको छ ।
बेलायतले पनि वर्षको अन्त्यमा यस्तै गर्ने योजना बनाएको छ । युरोपेली संघले पनि रुसी उर्जा किन्न वा नकिन्ने बिचार बनाइरहेको छ । तर रुसले पनि अधिक मात्राको तेल बिक्री गर्न असफल हुने भएपछि प्रतिबन्धले बजारमा खाली ठाउँको स्थान लिने विश्लेषकहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण