दमक गोल्डकप : टाइब्रेकरमा पुलिस विजयी
डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५(४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
खेल गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट खेलको निर्णय लिइएको थियो । टाइब्रेकरमा क्यामरुनका जोस्पिन गोल गर्न चुकेपछि पुलिस विजयी भएको थियो । टाइब्रेकरमा पुलिसका अजित भण्डारी, निरकुमार राई, कप्तान सुमन सुवेदी, सौजन याक्खा र जुमानु राईले गोल गरे । जितसँगै पुलिसले सेमिफाइनलमा गोर्खा ब्वाइज क्लब रुपन्देहीको सामना गर्नेछ ।
क्यामरुनी टोलीका लागि टाइब्रेकरमा मार्सेल, बेल, टोबेट र मार्टिनले गोल गरे । जोस्पिनको प्रहार भने गोल हुन सकेन । दुवै टोलीले आक्रमक खेल खेलेका थिए । यद्यपि निर्धारित समयमा गोल हुन सकेन । सोमबारको खेलको म्यान अफ द म्याच पुलिसका अञ्जन राई घोषित भए । उनले नगद दश हजार प्राप्त गरे । म्यान अफ दि म्याचको पुरस्कार दमकस्थित झापा मोडल स्कुलले प्रायोजन गरेको हो । यो खेलसँगै क्वाटरफाइनलका चरण पूरा भएका छन् । मंगलबारदेखि सेमिफाइनलका चरणका खेलहरू हुनेछन् ।
मंगलबारको पहिलो सेमिफाइनल खेल मनामस्र्याङ्दी क्लब र मानेभञ्ज्याङ क्लब दार्जिलिङबीच हुने आयोजकले जनाएको छ । क्वाटरफाइनलमा मनाङले बागमती यूथ क्लबलाई पराजित गरेको थियो भने माने भन्ज्याङले आर्मीलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज सिग्देलको सुमधुर गजलमा झुम्यो दोहा
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण