लमजुङमा १८२ मतदान केन्द्र निर्धारण
मङ्गलबार, १५ चैत २०७८, ०८ : १३
३० वैशाखमा तय भएको स्थानीय तह निर्वाचनका लागि लमजुङमा एक सय ८२ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदाता संख्याको आधारमा एक सय २३ मतदानस्थलमा एक सय ८२ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।
निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम नामावली अनुसार लमजुङमा मतदाताको संख्या १ लाख ३१ हजार ४ सय ९४ छ । जिल्लामा यसअघि १ लाख २२ हजार ८ सय ६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।
सुरक्षा निकायले लमजुङका १० वटा बढी मतदानस्थनलाई अतिसंवेदनशीलमा राखेको छ । ४ नगरपालिका र ४ गाउँपालिका रहेको लमजुङमा ७५ वटा वडा छन् । यसमा १ सय २३ वटा मतदानस्थल छन् । १ सय ८२ वटा मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण