स्थानीय निर्वाचनका लागि दुई करोड मतपत्र छाप्ने तयारी
निर्वाचन आयोगले स्थानीय निर्वाचन–२०७९ का लागि मतपत्र छाप्ने तयारी गरेको छ । आयोगको बैठकले जनक शिक्षा सामग्री केन्द्रलाई मतपत्र छाप्न तयारी अवस्थामा रहन निर्देशन पनि दिएको छ । निर्वाचनका लागि आवश्यक सबै मतपत्र जनक शिक्षा सामग्री केन्द्रबाट छाप्ने निर्णय गर्दै आयोगले यस्तो निर्देशन दिएको हो ।
निर्वाचन तयारीबारे जानकारी गराउन सोमबार आयो जित पत्रकार भेटघाटमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त निर्णय बमोजिम जनशक्ति, छपाइ यन्त्रलगायतका सबै पूर्वाधार तयारी अवस्थामा राख्न केन्द्रलाई निर्देशन दिएको बताए । उनले चैत १७ गते नमुना मतपत्र छापिने र लगत्तै मतदानमा प्रयोग हुने मतपत्र छपाइ कार्य सुरु हुने बताए ।
स्थानीय निर्वाचनका लागि करिब दुुई करोड मतपत्र छापिने छन् । स्वीकृत अन्तिम मतदाता नामावली बमोजिम एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहे पनि करिब १५ प्रतिशत बढी मतपत्र छापिने आयोगले जनाएको छ । आयोगले दुर्गम क्षेत्रमा समयमै मतपत्र पठाउन मतदान हुनुभन्दा १५ दिनअघि नै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्य राखेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
बेल्जियम चम्किएको दिन, तीनवटै आयोजक राउन्ड १६ बाट आउट
-
लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन
-
नेपालमा कीटजन्य विशेषज्ञको चरम अभाव, महामारी नियन्त्रणमा चुनौती
-
आँधीले १२औँ तलाबाट मान्छे उडाएपछि...
-
लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण