१४ घण्टासम्म अघोषित लोडसेडिङ
अन्तर्राष्ट्रिय परिस्थितिलाई कारण देखाउँदै नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय औद्योगिक क्षेत्रमा लोडसेडिङको समय बढाउँदै लगेको छ। अघोषित लोडसेडिङका कारण हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूको उत्पादन प्रभावित भएको छ।
विद्युत् प्राधिकरणले लोडसेडिङको समय बढाएसँगै उद्योगहरूको दैनिक उत्पादनमा कटौती भएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ। अघिल्लो सातासम्म दैनिक एक-डेढ घण्टा लोडसेडिङ हुँदै आएकोमा शनिबार यता औद्योगिक क्षेत्रका उद्योगहरूले १४ घण्टासम्म लोडसेडिङको मार खेप्न बाध्य भएका छन् ।
प्राधिकरणले शनिबार साँझ ७ बजेदेखि आठ घण्टा, आइतबार साँझ ६ बजेदेखि १२ घण्टा र सोमबार दिउँसो ४ बजेदेखि १४ घण्टासम्म लोडसेडिङ गरेको छ। हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले मङ्गलबार साँझ ६ बजेदेखि १२ घण्टाका लागि लोडसेडिङ हुने जानकारी आएको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
बेल्जियम चम्किएको दिन, तीनवटै आयोजक राउन्ड १६ बाट आउट
-
लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन
-
नेपालमा कीटजन्य विशेषज्ञको चरम अभाव, महामारी नियन्त्रणमा चुनौती
-
आँधीले १२औँ तलाबाट मान्छे उडाएपछि...
-
लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण