पत्रपत्रिका
प्रधानमन्त्रीको भारत भ्रमण : परराष्ट्र मन्त्रालयमा समन्वयको अभाव
बुधबार, १६ चैत २०७८, ०६ : ३५
प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण तीन दिन बाँकी रहँदासम्म भ्रमणको एजेन्डा र भ्रमण दलका सदस्यबारे परराष्ट्र मन्त्रालयले अनभिज्ञता प्रकट गरेको छ । परराष्ट्र मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भ्रमणको एजेन्डा र भ्रमण दलका सदस्यबारे छलफल जारी नै रहेकाले अहिले भन्न सक्ने अवस्था नरहेको बताइन् ।
पत्रकार सम्मेलनमा उनले मन्त्रालयले सोमबार जारी गरेको भ्रमण कार्यक्रम तालिकाभन्दा बढी बताइनन् । भारत भ्रमणको एजेन्डा वा सम्भावित एजेन्डाबारे पत्रकारले पटकपटक सोधेपछि आजित भएर प्रवक्ता लम्सालले भनिन्– ‘कृपया यस्तो प्रश्न नसोधेर सहयोग गरिदिनुहोला ।’ त्यस्तै भ्रमण दलको संख्याका विषयमा सोधिएको जिज्ञासामा पनि उहाँले अनभिज्ञता प्रकट गरेकी थिइन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
बेल्जियम चम्किएको दिन, तीनवटै आयोजक राउन्ड १६ बाट आउट
-
लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन
-
नेपालमा कीटजन्य विशेषज्ञको चरम अभाव, महामारी नियन्त्रणमा चुनौती
-
आँधीले १२औँ तलाबाट मान्छे उडाएपछि...
-
लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण