इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव : ३ अप्रिलमा मतदान हुने
बुधबार, १६ चैत २०७८, १३ : ५५

इस्लामाबाद–पाकिस्तानी प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमा अप्रिल ३ मा मतदान हुने भएको छ । आन्तरिक मन्त्री शेख रसिदले सो जानकारी दिएका हुन् । राष्ट्रियसभाको बैठकमा सोमबार खान विरुद्ध विपक्षी दलले अविश्वासको प्रस्ताव पेस गरेपछिको पछिल्लो राजनीतिक अवस्थाबारे राजधानी इस्लामाबादमा सञ्चारकर्मीसँग कुरा गर्दै रसिदले यस्तो जानकारी दिएका हुन् ।
३१ मार्चमा अविश्वासको प्रस्तावमा बहस हुने र ३ अप्रिलमा मतदान हुने उनले बताए । प्रधानमन्त्री विरुद्धको प्रस्ताव विफल हुने उनले बताए । प्रधानमन्त्री खान विरुद्धको अविश्वासको प्रस्तावलाई लिएर पाकिस्तानमा राजनीतिक संकट चुलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने
-
धादिङको परेवा भिरमा सुख्खा पहिरो, एकतर्फी सवारी सञ्चालन
-
हेटाैँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुने
-
कर्जाको माग बढाउने गरी मौद्रिक नीति आउनुपर्छ : श्रेष्ठ
-
हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुने
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद