बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियाले नेपाललाई दियो ११५ रनको लक्ष्य

बुधबार, १६ चैत २०७८, १४ : ११
बुधबार, १६ चैत २०७८

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियाले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनायो । मलेसियाका लागि विजय युनी ३ रन बनाएर रन आउट भए । यसअघि मलेसियाले पहिलो ओभरको पहिलो बलमा आफ्नो पहिलो विकेट गुमायो । नेपालका करण केसीले भिरनदीप सिंहलाई बोल्ड आउट गराए ।

मलेसियाले सातौं ओभरको पाँचौं बलमा आफ्नो दोस्रो विकेट गुमायो मलेसियाका जुबदी जुल्किलेलाई कुशल मल्लले ३२ रनमा बोल्ड आउट गराए । १२ औं ओभरको पाँचौं बलमा मलेसियाले आफ्नो तेस्रो विकेट गुमायो । मलेसियाका सायद अजिजलाई दिपेन्द्र सिंह ऐरीले क्याच आउट गराए ।

सन्दीपले नेपालका लागि सन्दीप लामिछानेले चौथो सफलता दिलाए । सन्दीपले १३ औं ओभरको दोस्रो बलमा अहेमद फिजालाई २४ रनमा क्याच आउट गराए । सन्दीपले नै १७ औं ओभरको पहिलो बलमा सुरभिन मुनिन्देलाई ९ रनमा क्याच आउट गराए ।

१८ औं ओभरको अन्तिम बलमा मलेसियाले आफ्नो छैटौं विकेट गुमायो । मलेसियाका मोहमद अमिरलाई अविनास बोहोराले एलबीडब्लु आउट गराए । १९ औं ओभरको चौथो बलमा मलेसियाले आफ्नो सातौं विकेट गुमायो । मलेसियाका अमर जुहदी हाजलानलाई करण केसीले खाता नखोल्दै क्याच आउट गराए ।

पहिलो खेलमा सहज जित निकालेको नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ । यता पहिलो खेलमा पीएनजीमाथि सहज जित निकालेको मलेसिया नेपाललाई हराउँदै फाइनलका लागि आफूलाई दाबेदारी प्रस्तुत गर्ने योजनामा छ ।

नेपाल र मलेसिया बीचको इतिहास हेर्दा नेपाल बलियो छ । पछिल्ला चार खेलको नतिजा हेर्दा नेपाल मलेसियामाथि हाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप