मलेसियाले नेपाललाई दियो ११५ रनको लक्ष्य
त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियाले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनायो । मलेसियाका लागि विजय युनी ३ रन बनाएर रन आउट भए । यसअघि मलेसियाले पहिलो ओभरको पहिलो बलमा आफ्नो पहिलो विकेट गुमायो । नेपालका करण केसीले भिरनदीप सिंहलाई बोल्ड आउट गराए ।
मलेसियाले सातौं ओभरको पाँचौं बलमा आफ्नो दोस्रो विकेट गुमायो मलेसियाका जुबदी जुल्किलेलाई कुशल मल्लले ३२ रनमा बोल्ड आउट गराए । १२ औं ओभरको पाँचौं बलमा मलेसियाले आफ्नो तेस्रो विकेट गुमायो । मलेसियाका सायद अजिजलाई दिपेन्द्र सिंह ऐरीले क्याच आउट गराए ।

सन्दीपले नेपालका लागि सन्दीप लामिछानेले चौथो सफलता दिलाए । सन्दीपले १३ औं ओभरको दोस्रो बलमा अहेमद फिजालाई २४ रनमा क्याच आउट गराए । सन्दीपले नै १७ औं ओभरको पहिलो बलमा सुरभिन मुनिन्देलाई ९ रनमा क्याच आउट गराए ।
१८ औं ओभरको अन्तिम बलमा मलेसियाले आफ्नो छैटौं विकेट गुमायो । मलेसियाका मोहमद अमिरलाई अविनास बोहोराले एलबीडब्लु आउट गराए । १९ औं ओभरको चौथो बलमा मलेसियाले आफ्नो सातौं विकेट गुमायो । मलेसियाका अमर जुहदी हाजलानलाई करण केसीले खाता नखोल्दै क्याच आउट गराए ।
पहिलो खेलमा सहज जित निकालेको नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ । यता पहिलो खेलमा पीएनजीमाथि सहज जित निकालेको मलेसिया नेपाललाई हराउँदै फाइनलका लागि आफूलाई दाबेदारी प्रस्तुत गर्ने योजनामा छ ।
नेपाल र मलेसिया बीचको इतिहास हेर्दा नेपाल बलियो छ । पछिल्ला चार खेलको नतिजा हेर्दा नेपाल मलेसियामाथि हाबी छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण