नेपाल बैंककाे गण्डकी प्रदेशमा “ग्लोबल मनि विक” सम्पन्न
नेपाल बैंक लिमिटेडले गण्डकी प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरी “ग्लोबल मनि विक” सम्पन्न गरेको छ । गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहँुच पुर्याउने र यस प्रदेशका हरेका वर्ग र क्षेत्रका मानिसहरुलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रम संचालन गरेको बैंकले जनाएको हो ।
ग्लोबल मनि विक २०२२ को थिम “बिल्ड योर फ्युचर, वि स्मार्ट अवाउट मनि” र ग्लोबल मनि विक को स्थायी नारा “लर्न सेभ अर्न”लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले गण्डकी प्रदेशमा अभियानकै रुपमा वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।
फागुन ७ देखि १३ गते सम्मचामे मनाङ्ग, गोरखाको जौबारी,कास्की पोखराको पृथ्वीचोक, अमरसिङ् ,बगर र हेम्जा साथै बाग्लुङ्ग जिल्लाको बुर्तिवाङ्गरि ७ स्थानमा यस बैंकका शाखाहरूले विद्यार्थी, महिला, किसान, उद्यमी लगायत समाजका विभिन्न वर्गका व्यक्तिहरु लाभान्वित हुने गरी वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन भइरहेको बैंकका प्रवक्त प्रकाशकुमार अधिकारीले बताए । बैंकले गण्डकी प्रदेशमा यस आर्थिक बर्षको शुरुदेखि हालसम्म २० वटा वित्तीय साक्षरताका कार्यक्रमहरु संचालन गरेको र उक्त कार्यक्रमहरूबाट करिब १५ सय व्यक्तिहरु लाभान्वित भएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण