बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल बैंककाे गण्डकी प्रदेशमा “ग्लोबल मनि विक” सम्पन्न

बुधबार, १६ चैत २०७८, १८ : ३४
बुधबार, १६ चैत २०७८

नेपाल बैंक लिमिटेडले गण्डकी प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरी “ग्लोबल मनि विक” सम्पन्न गरेको छ । गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहँुच पुर्याउने र यस प्रदेशका हरेका वर्ग र क्षेत्रका मानिसहरुलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रम संचालन गरेको बैंकले जनाएको हो ।

ग्लोबल मनि विक २०२२ को थिम “बिल्ड योर फ्युचर, वि स्मार्ट अवाउट मनि” र ग्लोबल मनि विक को स्थायी नारा “लर्न सेभ अर्न”लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले गण्डकी प्रदेशमा अभियानकै रुपमा वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।

फागुन ७ देखि १३ गते सम्मचामे मनाङ्ग, गोरखाको जौबारी,कास्की पोखराको पृथ्वीचोक, अमरसिङ् ,बगर र हेम्जा साथै बाग्लुङ्ग जिल्लाको बुर्तिवाङ्गरि ७ स्थानमा  यस बैंकका शाखाहरूले विद्यार्थी, महिला, किसान, उद्यमी लगायत समाजका विभिन्न वर्गका व्यक्तिहरु लाभान्वित हुने गरी वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन भइरहेको बैंकका प्रवक्त प्रकाशकुमार अधिकारीले बताए ।  बैंकले गण्डकी प्रदेशमा यस आर्थिक बर्षको शुरुदेखि हालसम्म २० वटा वित्तीय साक्षरताका कार्यक्रमहरु संचालन गरेको र उक्त कार्यक्रमहरूबाट करिब १५ सय व्यक्तिहरु लाभान्वित भएको बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप