सुन्दरीजल टिपर दुर्घटना : ४५ लाख दिने सहमतिपछि दिदीबहिनीको शव उठ्यो

बुधबार सुन्दरीजलमा टिपरको ठक्करबाट ज्यान गुमाएका दुई बालिकाको शव १० घण्टापछि उठाइएको छ । बुधबार बिहान गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा टिपरको ठक्करबाट २ बालिका दिदी बहिनीको ज्यान गएको थियो ।
दिउँसो स्थानीय प्रशासनको रोहवरमा आफन्त र टिपर कम्पनीसँगको छलफलपछि शव उठाइएको हो । टिपर कम्पनीले मृतकका परिवारलाई ४५ लाख रुपैयाँ दिने सहमति भएको छ । त्यस्तै घाइतेको उपचार पनि टिपर कम्पनीले नै गर्ने सहमति भएको हो । सहमतिपछि दुवै बालिका दिदीबहिनीको शव आफन्तले बुझेर लगेको गोकर्णेश्वर नगरपालिका १ का वडाध्यक्ष राम मानन्धरले जानकारी दिए ।
ठक्कर दिने टिपर कम्पनी सुन्दरी माई वासिङले ४५ लाख रुपैयाँ क्षतिपूर्ति र घाइते रोहन तामाङको उपचार गर्ने सहमति गरेका हुन् । त्यस्तै, गोकर्णेश्वर नगरपालिकाले पीडित परिवारका एक जनालाई नगरपालिकामा रोजगारी दिने र नगरपालिकाबाट समेत केही रकम उपलब्ध गराउने सहमति भएको छ । सहमतिपछि पीडित परिवारले दुवै जनाको शव बुझेर लगेका हुन् ।
आज बिहान ८ बजेतिर बुबा रोहन तामाङसँग मोटरसाइकलमा जाँदै गरेका ८ वर्षीया सृष्टि र ४ वर्षीया श्रेयाको टिपरको ठक्करबाट ज्यान गएको थियो । स्थानीय वर्ल्ड यूथ इन्टरनेसनल स्कुलमा सृष्टि २ मा र श्रेया नर्सरीमा पढ्ने दुवै जनाको घटनास्थलमै ज्यान गएको थियो । मेलम्ची चोक नजिकै ब्याक गर्दै गरेको बा४ख ६९६५ नम्बरको टिपरले उनीहरूलाई किचेको थियो। गम्भीर घाइते रोहनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ।
घटनापछि आक्रोशित स्थानीय र आफन्तले टिपरमा आगजनी गरेका थिए । मेलम्ची चोकको स्थानीयले प्रदर्शन समेत गरेका थिए । स्थिति नियन्त्रणमा लिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूसँग लञ्च मिटिङ गरेर प्रहरीले नक्सालमै बुझाएको थियो १९ बुँदे प्रस्ताव
-
ट्रम्पले किन दिए विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्ने आदेश ?
-
तराई–मधेसका नेताहरूमाथि राज्यले अन्याय गरिरहेको छ : महन्थ ठाकुर
-
अर्थमन्त्री पौडेलद्वारा कांग्रेस सभापति देउवासँग आगामी बजेटबारे परामर्श
-
शिक्षा मन्त्रीज्यू ! सार्वजनिक शिक्षा निजी क्षेत्रले सुधार्न सक्दैन
-
सुहाङले गराए रवि–राँके–भेडेटार सडकबारे ध्यानाकर्षण