गुल्मी : रिङरोड निमाणका लागि झण्डै चार करोड बजेट स्वीकृत
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सामा रिङरोड निर्माणका लागि लुम्बिनी प्रदेश सरकारबाट झण्डै चार करोड विनियोजन भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ३ करोड ६९ लाख ७६ हजार ६९७ रुपैयाँ बजेट स्वीकृत भएको प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले जानकारी दिए ।
उक्त रकम माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष तथा पूर्वमन्त्री सुदर्शन बराल र नेपाल सरकारका पूर्वमुख्य सचिव लीलामणि पौड्यालको पहलमा परेको रुरुक्षेत्र गाउँपालिकाका अगुवाहरुले बताएका छन् ।
रुरुक्षेत्र गाउँपालिकाका वासिन्दा तथा नेकपा माओवादी केन्द्रका युवा नेता यदु ज्ञवालीले बलेटक्सारवासीले बलेटक्सार रिङ्गरोड निर्माणको सपना धेरै पटक देखाई पनि अब भने बलेटक्सारवासीको सपना पुरा गरिने बताए ।
बहुबर्षिय योजनामा परेको बलेटक्सार रिङरोड अन्तर्गत बलेटक्सार–चौतरा जानेचोक र रानीवास –धोविघाट सडक खण्ड समानान्तर ढंगले निर्माण हुने उनले बताए ।
बराल मन्त्री छँदा उनका स्वकिय सचिव रहे यता यदु ज्ञवालीले रुरुक्षेत्र गाउँपालिकामा विकास योजनाहरु थुप्रै स्थानमा पारेको स्थानीयवासीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण