चैत २५ गतेदेखि टाइफाइड खोपको अभियान चलाइने
सरकारले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गर्ने घोषणा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार आयोजना गरेको एक कार्यक्रमम सो अभियानको घोषणा गरिएको जनाएको हो ।
राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमको रुपमा लिइएको छ । हाल यो कार्यक्रममार्फत १२ वटा एन्टिजेनसमेत समावेश गरी नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदरसमेतमा उल्लेख्य कमी आउन सकेको सो अवसरमा जानकारी दिइयो ।
नेपालमा अझैपनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिमी रहनाका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँचभित्र रहेको देखिएको छ । यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने जनाइएको छ ।
कार्यक्रममा मन्त्रालयका सचिव रोशन पोखरेलले यस अभियानको व्यवस्थित र प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि सबै पक्षसँग आग्रह गरे । परिवारकल्याण महाशाखाका निर्देशक डा विवेहकुमारलाल, विश्व स्वास्थ्य सङ्गठनका विनोद बुरालगायतले पनि टाइफाइड खोपको आवश्यकता र अभियानका बारेमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ममतालाई घरमै पुगेर दिइयो नागरिकता
-
खोटाङको साप्सु खोलाका ढुङ्गामा तिखारिँदै छन् मूर्तिकारका सीप
-
औनाही चम्किँदा मोरक्को क्वाटरफाइनलमा
-
औनाहीको व्यक्तिगत दोस्रो गोलसँगै मोरक्को क्यानडाविरुद्ध २-० ले अघि
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
-
१२ बजे १२ समाचार: नेतृत्व हस्तान्तरणमा अनिच्छादेखि मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’सम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण