हलिउड स्टार ब्रुसको अभिनय छोड्ने घोषणा
बिहीबार, १७ चैत २०७८, १६ : ५६
हलिउड स्टार ब्रुस विलिसले अभिनय करिअरबाट सन्यास लिने घोषणा गरेका छन् । उनका परिवारले सामाजिक संजालमा एक लामो स्टाटस पोष्ट गर्दै उनले अभिनयबाट सन्यास लिएको जानकारी गराएको हो ।
एफासिया नामको विरामीबाट ग्रसित भएका कारण उनले अभिनय छाड्ने घोषणा गरेका हुन् ।
‘ब्रुस एफासिया रोगबाट पिडित भएका छन् । यो रोगका कारण उनको बोल्ने, लेख्ने र भाषा बुझ्ने क्षमतामा असर परेको छ । सोही कुरोको बिचार गरेर उनले अभिनय छोड्ने फैसला दिएका हुन्’ सामाजिक संजालमा भनिएको छ ।
ब्रुसले १९८० को दशकमा अभिनय करियर सुरु गरेका थिए । आफ्नो लामो अभिनय करियरमा उनले ‘द बक्सिङ’, ‘होस्टेज’, ‘ग्लास’ जस्ता कयौ राम्रा फिल्म दिएका छन् । उनी डाई हार्ड सिरिजका कारणले पनि चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण