दाङ क्रिकेट लिगको उपाधि घोराही टाइगर्सलाई
दाङ क्रिकेट लिगको उपाधि घोराही टाइगर्सले जितेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७ गुलरिया रंगशालामा बिहीबार भएको फाइनल खेलमा देउखुरी वारियर्सलाई ६ रनले पराजित गर्दै पहिलो संस्करणको उपाधि उचालेको हो ।
घोराहीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको देउखुरीले पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय २७ रन मात्रै बनायो । जितको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको देउखुरीले पहिलो पावर प्लेमा विकेट बचाउँदै राम्रो सुरुवात गरे पनि अन्तिम ओभरमा खेल्न नसक्दा हार ब्यहोर्यो ।
देउखुरी वारियर्सका प्रज्वल थापाले ५१, आशिष् ओलीले ६, विशाल विक्रम केसीले २०, प्रतिष जिसीले ४, सन्देश पाण्डेले ५, मार्की खेलाडी नारायण जोशीले २१, अमित तामाङले ५, व्रिशभ सेन्चुरीले १, विषम थापाले ८ र करण घर्तीले १ रन बनाउँदै १ सय २७ रन बनाए । यस्तै, बलिङतर्फ घोराहीका रासिद खानले ४ ओभरमा २० रन दिएर २ विकेट लिए । यस्तै, सिद्धान्त राज शाहीले पनि ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए ।
यस्तै, अनुप न्यौपानेले ४ ओभरमा उत्कृष्ट बलिङ गर्दै केवल १५ रन दिँदै ४ विकेट लिए । रविन थापा, आवाज गौतम र रवीन्द्रजंग शाही भने विकेट विहीन रहे । टस जितेर पहिले ब्याटिङ गरेको घोराहीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो ।
पहिलो पावर प्लेमा राम्रो सुरुवात गरेको घोराही टाइगर्सले मध्यक्रमका व्याट्स म्यान क्रिजमा टिक्न नसक्दा लगातार विकेट गुमाउँदै देउखुरी वारियर्सलाई मध्यम लक्ष्य दिएको थियो ।
घोराहीका लागि विराट भण्डारीले ३२, रवीन्द्रजंग शाहीले ९, सुशान्तसिंह थापाले १३, शिशिर डिसीले ६, सिद्धान्त राज शाहीले २, रविन थापाले १०, रासिद खानले ८, युवराज सुवेदीले १३, तुलबहादुर थापाले २० र अनुप न्यौपानेले ७ रनको योगदान दिँदै १ सय ३३ रन बनाए ।
बलिङतर्फ देउखुरी वारियर्सका अमित तामाङले ४ ओभरमा ३८ रन दिएर ३ विकेट लिँदा नारायण जोशीले पनि ४ ओभरमा २५ रन दिएर समान ३ विकेट लिए । यस्तै, विशाल विक्रम केसीले ४ ओभरमा २२ रन दिएर २ विकेट लिँदा आशिष वलीले पनि ४ ओभरमा २ विकेट लिँदै २१ रन खर्चिए ।
चैत्र १२ गतेबाट सुरु भएको लिगमा ५ वटा फ्रेन्चाइज क्लबले अक्सन मार्फत खेलाडी किनबेच गरी लिगमा भाग लिएका थिए । उपाधि विजेता टिमले नगद २ लाखसहित ट्रफी उचाल्ने छ भने उपविजेता टिमले १ लाखसहित ट्रफी प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण