बजेटको आकारसँगै आयात पनि बढ्ने
आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटले राजस्वमा थप दबाब सिर्जना गर्न सक्ने आकलन गरिएको छ। हरेक आर्थिक वर्षमा सरकारले बजेटको आकार बढाउँदै गएको छर बजेटको आकार बढ्दा राजस्वको लक्ष्य पनि बढ्दै गएको छ।
राजस्वको लागि आयातकै भर पर्नुपर्ने हुन्छ, किनकि नेपालको कुल राजस्वमा आधाजति योगदान आयातबाट आउने राजस्वको रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको फागुन महिनासम्मको तथ्यांकअनुसार ४८.६३ प्रतिशत राजस्व आयातबाट संकलन भएको छ।
राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई आगामी आवको बजेटका लागि १७ खर्व ४४ अर्ब रुपैयाँ बराबरको सिलिङ दिएको छ। बजेटको स्रोत पूरा गर्न सरकारलाई आयातमा नै भर पर्नुपर्ने देखिन्छ किनकि १७ खर्ब ४४ अर्ब बराबरको बजेटमा प्रमुख स्रोतका रुपमा १३ खर्ब ५९ अर्व राजस्व छ।
राजस्व लक्ष्यको आधा आयातबाट आउने राजस्व भएका कारण सरकारलाई करिब पौने ८ खर्च आयातबाट प्राप्त हुने राजस्वको भर पर्नुपर्छ। यसका कारण सरकारले नै आयातलाई प्राथमिकता नदिए सरकारको राजस्व लक्ष्य प्राप्त हुँदैन। यो समाचार कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
बेल्जियम चम्किएको दिन, तीनवटै आयोजक राउन्ड १६ बाट आउट
-
लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन
-
नेपालमा कीटजन्य विशेषज्ञको चरम अभाव, महामारी नियन्त्रणमा चुनौती
-
आँधीले १२औँ तलाबाट मान्छे उडाएपछि...
-
लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण