कलेजमा चरम राजनीति, विदेशी सम्बन्धनलाई मलजल
हाम्रा विश्वविद्यालयमा भौतिक पूर्वाधारको कमी छैन। न त छ जनशक्तिकै अभाव। तापनि, विद्यार्थीको रोजाइमा विदेशी विश्वविद्यालयको सम्बन्धन लिएका कलेज पर्न थालेका छन्। त्यसमाथि सकभर उच्च शिक्षाका लागि विदेश नै ताक्छन्।
किन त ?
विज्ञ भन्छन्, ‘हाम्रा विश्वविद्यालयमा अति राजनीतीकरणले विदेशी सम्बन्धनवाला कलेजलाई मलजल गरेको छ।’ विश्वविद्यालय अनुदान आयोग अध्यक्ष भीमप्रसाद सुवेदीका अनुसार हाम्रा कलेजमा विभिन्न दलका संगठन क्रियाशील छन्। राजनीति हावी छ। विदेशी सम्बन्धनका कलेजमा राजनीति गरेको पाइँदैन। अध्ययनलाई असजिलो पार्ने कुरा हुँदैन।
‘अभिभावक पनि छोराछोरीलाई विदेशी डिग्री दिलाउन चाहन्छन्। जति धेरै रकम भए पनि विदेश पठाउन राजी हुन्छन्। त्यस विद्यालयमा शिक्षकहरू टाइममा मोनिटरिङ गर्छन्। प्राक्टिकली राम्रो गरेका छन्। छोटो समयमा निर्णय गर्छन्। पाठ्यक्रम लचिलो छ। परिमार्जन छिटो हुन्छ’, अध्यक्ष सुवेदी भन्छन्, ‘हाम्रोमा छिटो निर्णय गर्न सकिँदैन। विद्यार्थीको कोटा थोरै हुन्छ। उनीहरूकोमा कोटाको मापदन्ड छैन। जति पनि भर्ना गर्न पाउँछन्।’
यस विषयमा विश्वविद्यालयले प्रश्न उठाइरहेका सुवेदी बताउँछन्। ‘हामीले पनि पर्याप्त मात्रामा अनुगमन गर्न सकेका छैनौं। शिक्षा मन्त्रालयले पनि आयोगलाई वाइपास गरेको छ। आफू खुसी सम्बन्धन दिइएको छ’, उनी भन्छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
बेल्जियम चम्किएको दिन, तीनवटै आयोजक राउन्ड १६ बाट आउट
-
लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन
-
नेपालमा कीटजन्य विशेषज्ञको चरम अभाव, महामारी नियन्त्रणमा चुनौती
-
आँधीले १२औँ तलाबाट मान्छे उडाएपछि...
-
लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण