रसुवामा ३४ वटा मतदानस्थल र ५१ मतदान केन्द्र
रसुवामा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि ३४ वटा मतदानस्थल तथा ५१ वटा मतदान केन्द्र रहने भएको छ । गोसाइँकुण्ड गाउँपालिकामा आठवटा मतदानस्थल र नौवटा मतदान केन्द्र, कालिका गाउँपालिकामा ६ वटा मतदानस्थल र ११ वटा मतदान केन्द्र, आमाछोदिङ्मो गाउँपालिकामा ६ वटा मतदानस्थल र पाँचवटा मतदान केन्द्र, उत्तरगया गाउँपालिकामा ६ वटा मतदानस्थल र ११ वटा मतदान केन्द्र, नौकुण्ड गाउँपालिकामा आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।
एक निर्वाचन क्षेत्र तथा पाँच गाउँपालिका रहेको रसुवामा ३८ हजार पाँच सय ४५ मतदातामध्ये १८ हजार आठ सय ८५ महिला र १९ हजार ६ सय ८९ जना परुष रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
१७ दलले भाग दिने
रसुवा जिल्लामा आसन्न स्थानीय तह निर्वाचनमा भाग लिन १७ दलले निर्वाचन कार्यालय रसुवामा दल दर्ता गराएका छन् । आगामी ३० वैशाखमा हुने गइरहेको स्थानीय तहको निर्वाचनमा भाग लिन नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली काङ्ग्रेस, नेपाली काङ्ग्रेस (बिपी), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन रहेका छन् ।
कार्यालयले दिएको जानकारीअनुसार नेपाल कम्युनिस्ट पार्टी (समाजवादी), राप्रपा नेपाल, नेपाल परिवार दल, उन्नत लोकतन्त्र पार्टी, तामसालिङ लोकतान्त्रिक पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सामाजिक एकता पार्टी, नेपालका लागि नेपाली पार्टी, जनसमाजवादी पार्टीले स्थानीय निर्वाचनमा भाग लिने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण