बलात्कार आरोपी सांसदको निलम्बन फुकुवा गर्न माग
बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकुवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । प्रतिनिधिसभाको २०७८ फागुन २२ गतेको बैठकले उनलाई निलम्बन गरेको हो।
एक शिक्षिकालाई बलात्कार गरेको अरोपमा सांसद बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हिरासतमा रहेका उनी अदालतको आदेशमा गत चैत २ गते धरौटीमा रिहा भएका छन् । धरौटीमा रिहा भएपछि उनले केही दिनअघि संसद् सचिवालयमा निवेदन दिदै रोकिएको सेवासुविधा फुकुवाको माग गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँको निवेदनमाथि कानुनी सल्लाह गरेर निर्णय लिने तयारी गरेका छन् । प्रतिनिधिसभाको नियमावलीको नियम २४४ को उपनियम ३ बमोजिम आफूले सेवासुविधा पाउनुपर्ने माग सांसद बानियाँको छ। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
बेल्जियम चम्किएको दिन, तीनवटै आयोजक राउन्ड १६ बाट आउट
-
लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन
-
नेपालमा कीटजन्य विशेषज्ञको चरम अभाव, महामारी नियन्त्रणमा चुनौती
-
आँधीले १२औँ तलाबाट मान्छे उडाएपछि...
-
लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण