‘राजीनामाको विषय संशोधन गर्न निर्वाचन आयोगलाई पत्र’
कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले हाल जनप्रतिनिधिको रुपमा काम गरिरहेका हरुले निर्वाचनमा भाग लिन राजीनामा दिनुपर्ने विषय संशोधन गर्न निर्वाचन आयोगलाई सरकारले आग्रह गरेको बताएका छन् ।
शनिवार पूर्वी पहाडी जिल्लाहरुको विभिन्न कार्यक्रममा निस्किएका गृहमन्त्री खाँणले तेह्रथुमको कार्यक्रममा स्थानीय तहको निर्वाचनमा हाल काम गरिरहेका जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा गर्नुपर्ने निर्वाचन आयोगको निर्णय पुनर्विचार गर्न आग्रह गरेको बताए । सरकारले निर्वाचन आयोगलाई औपचारिक रुपमा पत्र नै लेखेर निर्णय पुनर्विचार गर्न आग्रह गरेको उनले बताए ।
गृहमन्त्री खाँणले शनिवार तेह्रथुमको म्याङलुङमा जिल्ला प्रशासन कार्यालयको नवनिर्मित उद्घाटन गरे । साथै गृहमन्त्री खाँणले आज नै धनकुटा सदरमुकाम धनकुटामा स्थानीय कार्यकर्ताले आयोजना गरेको कांग्रेसको घरदैलो कार्यक्रममा सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण