अघि बढ्ला पञ्चेश्वर ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना तीव्र गतिले अगाडि बढाउनुपर्नेमा जोड दिइएको बताएका छन् । प्रधानमन्त्रीस्तरीय भेटमा पञ्चेश्वर बहुद्देश्यीय परियोजनाबारे चर्चा चलेको यो पहिलोपटक भने होइन । दुई दशकयता नेपालका प्रधानमन्त्रीहरू भारत जाँदा वा भारतीय प्रधानमन्त्रीहरू नेपाल आउँदा सो परियोजनाबारे चर्चा हुँदै आएको छ। तर परियोजनाले अहिलेसम्म खासै गति लिन सकेको छैन ।
२६ वर्षअघि अर्थात् २०५२ साल माघ २९ गते नेपाल-भारत सरकारबीच बहुचर्चित महाकाली सन्धि सम्पन्न भएको थियो। सोही सन्धिभित्रको एउटा महत्त्वपूर्ण अंगका रूपमा पञ्चेश्वर परियोजना हो। उक्त सन्धिमा दुवै देशको लगानीबाट बन्ने पञ्चेश्वर परियोजनाअन्तर्गत महाकाली नदीमा ३ सय १५ मिटर अग्लो बाँध बाँधेर बिजुली उत्पादन गर्ने र दुवै देशमा सिँचाइ सुविधा पुयाउने लक्ष्य छ। परियोजनाबाट ६ हजार ७ सय २० मेगावाट विद्युत् निकाल्ने सकिने जनाइएको छ। यसैकारण महाकाली सन्धिका पक्षधरहरू 'परियोजना बनेपछि पश्चिमबाट सूर्य उदाउँछ' भनेर भन्छन्। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
बेल्जियम चम्किएको दिन, तीनवटै आयोजक राउन्ड १६ बाट आउट
-
लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन
-
नेपालमा कीटजन्य विशेषज्ञको चरम अभाव, महामारी नियन्त्रणमा चुनौती
-
आँधीले १२औँ तलाबाट मान्छे उडाएपछि...
-
लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण