मदनकृष्णलाई मनपर्यो ‘हेल्लो जिन्दगी’
अभिनेता मदनकृष्ण श्रेष्ठले आफूलाई फिल्म ‘हेल्लो जिन्दगी’ राम्रो लागेको बताएका छन् । प्रदर्शनमै आएको दिन शुक्रबार ललितपुरको लबिम मलमा आयोजित एक विषेश शो मा फिल्म हेरेका श्रेष्ठले यस्तो प्रक्रिया दिएका हुन् ।
‘फिल्मको कथा सरर बगेको छ । विदेशमा बस्नेहरुको समस्या पनि देखाइएको छ,’ उनले भने, ‘कतिपय फिल्म राम्रो नलागे पनि राम्रो भन्दिनुपर्ने हुन्छ । तर यो फिल्म राम्रो रहेछ ।’ उनले फिल्मले मनोरञ्जनको अलवा सन्देश समेत दिएको बताए ।
अर्का अभिनेता रविन्द्र झाले पनि फिल्मले मन छोएको बताए । उनले फिल्मको कथा, निर्देशन, कलाकारको अभिनय सबै मन परेको बताए । गायक तथा संगीतकार यमन श्रेष्ठले पनि फिल्म निकै मन परेको बताए । दर्शकसँगै बसेर फिल्म हेर्दा निकै आनन्द लागेको निर्देशक एभरेष्ट सूर्य बोहोराले बताए । ‘जति पनि दर्शकले फिल्म हेर्नुभएको छ, सबैले एकदम तारिफ गर्नुभएको छ । यही नै हाम्रो सफलता हो ।’
अभिनेता विक्रम डी जोशीले दर्शक तथा चलचित्रकर्मीले आफ्नो फिल्म मन पराएकोमा खुशी व्यक्त गरे । एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्ममा विक्रम डी जोशी, प्रियंका कार्की, दीपिका प्रसाईं, विल्सनविक्रम राई, विक्रान्त बस्नेत, निर्देशक बोहरा स्वयम्, सविता गुरुङ, सनमकुमार बैराग, विभिया श्रेष्ठ, जानकी पन्त, मनोज केसी, ध्रुव दत्त, कुमुद पन्तलगायतले अभिनय गरेका छन् ।
सत्य घटनाहरुबाट प्रभावित फिल्मको निर्मातामा विक्रम डि जोशी र हिराल जोशी छन् कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ रहेका छन् । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस् सँगको सहकार्यमा वीरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डी क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट, इन्डिया लाइन प्रोड्युसर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण